कैलालीमा थरुहट मोर्चाद्वारा विरोध प्रदर्शन

अत्तरिया, ७ भदौ- थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ ।

टीकापुर घटना घटेको छैठौं वर्षको अवसरमा मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो । भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चौकदेखि बलिया चौकसम्म विरोध प्रदर्शन गरेको हो ।

Navadurga sun

टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित निलम्बित सांसदसहित राजबन्दीहरुलाई विना शर्त रिहाइ गरिनुपर्ने, राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको थियो ।

यसबीच आयोजित कोण सभामा थरुहट नेता कृष्णा चौधरी, गयाप्रसाद कुश्मी, मोर्चाको जिल्ला संयोजक माधब चौधरी, थरुहट नेता शुसिला चौधरी लगायतले मनतव्य व्यक्त गरे । संविधान लेखनको क्रममा २०७२ भदौं ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालक र ७ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो ।

त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यू जारी गरिएको अवस्थामा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफएमलगायत संरचनामाथि आगजनि गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...