दुर्गालक्ष्मी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन गरिएको छ । क्यापस परिसर वनखेतमा समाजको आज बसेको साधारण सभाले उद्धव भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा योगेश भट्ट, महासचिवमा भिष्मराज सुवेदी, सचिवमा पदमराज ओझा र कोषाध्यक्षमा रत्ना कुँवर चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा शारदा फुलारा, बालकृष्ण भट्टराई, लक्ष्मी विष्ट, जगत महरा र योगेश भट्ट चयन भएका छन् । त्यस्तै सभाले तेज खड्काको संयोजकत्वमा सल्लाहकार समिति पनि चयन गरेको छ ।

सल्लाहकार सदस्यहरूमा धर्मसिंह कुँवर, प्रेमराज भट्ट, गणेश महरा, डण्डीराज जोशी, लक्ष्मीराम आर्चाय, राजेन्द्र विष्ट, मान बहादुर महरा र राज कुमार साउँद रहेका छन् । समाजको तदर्थ समिति २०७८ सालमा गठन गरिएको भएपनि समितिले सक्रियता देखाउन सकेको थिएन ।

Loading...