अत्तरियाका व्यवसायीहरूसँग छलफल तथा सुझाव संकलन, ७ सदस्यीय समन्वय समिति गठन

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष दल बहादुर खड्काको नेतृत्वमा अत्तरियाका व्यवसायीहरूसँग छलफल तथा सुझाव संकलन गरिएको छ ।

संघमा देखिएका समस्याहरू, चुनौतीहरू र सम्भावनाहरूको समाधानका उपाय खोज्न गहन छलफल आयोजना गरिएको हो । गत वर्षको महोत्सवमा नक्कली ठेली विक्री भएपछि संघभित्र विवाद उत्पन्न भएको थियो । यसले संघलाई दुई पक्षीय समूहमा विभाजित ग¥यो, र विवाद अदालतसम्म पुगेको थियो । एक वर्षसम्म मुद्दा मामिला चलिरहेको अवस्थामा दुबै पक्षले गत महिना समझदारी गर्दै मुद्दा फिर्ता लिएका थिए ।

Navadurga sun
Godawari sandesh

तर, पछिल्ला दिनमा अध्यक्ष कल्याणसिंह बोहरासँग सहकार्य गर्न नसकिने भन्दै बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, उपाध्यक्ष (वाणिज्य) फागुराम चौधरी, उपाध्यक्ष (वस्तुगत) चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेमराज भण्डारी, र अन्य सदस्यहरूले मंसिर ५ गते सामूहिक राजीनामा दिएका थिए । अध्यक्ष बोहराले उनीहरूको राजीनामा स्वीकृत भईसकेको छ ।

Dadeldhura hospital

गत शुक्रबार अध्यक्ष बोहराले संघका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, र व्यापारीहरूसँग छलफल गरेका थिए । उनले राजीनामा दिएका पदाधिकारी र सदस्यहरूलाई राजीनामा फिर्ता लिन बारम्बार अनुरोध गरे पनि, उनीहरूले इन्कार गरेपछि राजीनामा स्वीकृत गरिएको जनाइएको छ ।

निवर्तमान उपाध्यक्ष दल बहादुर खड्काको टोलीले मंगलबारको छलफलबाट ७ सदस्यीय समन्वय समिति गठन गरी संघलाई जोगाउने निर्णय गरेको छ । खड्काका अनुसार समितिले सबै पक्षसँग समन्वय गर्दै संघका गतिविधिलाई निरन्तरता दिनेछ ।

भेलाबाट ७ सदस्यीय समन्वय समिति गठन
अत्तरिया उद्योग वाणिज्य संघमा देखिएको समस्या समाधानको लागि व्यवसायीको भेलाले ७ सदस्यीय समन्वय समिति गठन गरेको छ । अगुवा व्यवसायी गोकर्ण भट्ट, हरिकृष्ण पाण्डे, सुरत कार्की, धर्म कुँवर, वीरबहादुर चोखाल र गणेश महरा समितिमा रहेका छन् ।

समितीले सबै पक्ष सँग समन्वय गरेर यसको निकास दिने अपेक्षा गरिएको व्यवसायी दलबहादुर खड्काले बताए । ‘व्यसायी राम सापकोटा व्यापार गर्न आएको हो राजनीति गर्न हैन समितिले व्यापारको हक हितको लागी कार्य गर्न आवश्यक छ’, उनले भने ।

उनले चुनावको बेला अनावश्यक भोटर जम्मा गर्ने पद्धतिले अहिलेको परिणाम निम्ताएको बताए । ‘सबै व्यापारीले सचेत हुन आवश्यक छ आफ्नै रकमले नवीकरण गर्ने सबै व्यवसायी एकजुट भई हक हितको लागी कार्य गरौं’ उनले भने ।

Loading...