अत्तरियाका व्यवसायीहरूसँग छलफल तथा सुझाव संकलन, ७ सदस्यीय समन्वय समिति गठन

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष दल बहादुर खड्काको नेतृत्वमा अत्तरियाका व्यवसायीहरूसँग छलफल तथा सुझाव संकलन गरिएको छ ।

संघमा देखिएका समस्याहरू, चुनौतीहरू र सम्भावनाहरूको समाधानका उपाय खोज्न गहन छलफल आयोजना गरिएको हो । गत वर्षको महोत्सवमा नक्कली ठेली विक्री भएपछि संघभित्र विवाद उत्पन्न भएको थियो । यसले संघलाई दुई पक्षीय समूहमा विभाजित ग¥यो, र विवाद अदालतसम्म पुगेको थियो । एक वर्षसम्म मुद्दा मामिला चलिरहेको अवस्थामा दुबै पक्षले गत महिना समझदारी गर्दै मुद्दा फिर्ता लिएका थिए ।

तर, पछिल्ला दिनमा अध्यक्ष कल्याणसिंह बोहरासँग सहकार्य गर्न नसकिने भन्दै बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, उपाध्यक्ष (वाणिज्य) फागुराम चौधरी, उपाध्यक्ष (वस्तुगत) चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेमराज भण्डारी, र अन्य सदस्यहरूले मंसिर ५ गते सामूहिक राजीनामा दिएका थिए । अध्यक्ष बोहराले उनीहरूको राजीनामा स्वीकृत भईसकेको छ ।

गत शुक्रबार अध्यक्ष बोहराले संघका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, र व्यापारीहरूसँग छलफल गरेका थिए । उनले राजीनामा दिएका पदाधिकारी र सदस्यहरूलाई राजीनामा फिर्ता लिन बारम्बार अनुरोध गरे पनि, उनीहरूले इन्कार गरेपछि राजीनामा स्वीकृत गरिएको जनाइएको छ ।

निवर्तमान उपाध्यक्ष दल बहादुर खड्काको टोलीले मंगलबारको छलफलबाट ७ सदस्यीय समन्वय समिति गठन गरी संघलाई जोगाउने निर्णय गरेको छ । खड्काका अनुसार समितिले सबै पक्षसँग समन्वय गर्दै संघका गतिविधिलाई निरन्तरता दिनेछ ।

भेलाबाट ७ सदस्यीय समन्वय समिति गठन
अत्तरिया उद्योग वाणिज्य संघमा देखिएको समस्या समाधानको लागि व्यवसायीको भेलाले ७ सदस्यीय समन्वय समिति गठन गरेको छ । अगुवा व्यवसायी गोकर्ण भट्ट, हरिकृष्ण पाण्डे, सुरत कार्की, धर्म कुँवर, वीरबहादुर चोखाल र गणेश महरा समितिमा रहेका छन् ।

समितीले सबै पक्ष सँग समन्वय गरेर यसको निकास दिने अपेक्षा गरिएको व्यवसायी दलबहादुर खड्काले बताए । ‘व्यसायी राम सापकोटा व्यापार गर्न आएको हो राजनीति गर्न हैन समितिले व्यापारको हक हितको लागी कार्य गर्न आवश्यक छ’, उनले भने ।

उनले चुनावको बेला अनावश्यक भोटर जम्मा गर्ने पद्धतिले अहिलेको परिणाम निम्ताएको बताए । ‘सबै व्यापारीले सचेत हुन आवश्यक छ आफ्नै रकमले नवीकरण गर्ने सबै व्यवसायी एकजुट भई हक हितको लागी कार्य गरौं’ उनले भने ।

Loading...