

हरिश चन्द/डडेल्धुरा ९ पुष- भागेश्वर गाउँपालिका छ महिना देखि कार्यपालिकाको बैठक नबस्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । खगेन्द्र भारती प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । उहाँको सरुवा भएपछि त्यहाँ बैतडीको सुर्नया गाउँपालिकाबाट सरुवा भएर हर्ष रोका प्रशासकीय अधिकृतको रुपमा उपस्थित भए ।




नेपाली कांग्रेसबाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष चटौतले विभिन्न प्रयास गरेर रोकालाई गाउँपालिकामा ल्याउन सफल भएका थिए । तर, चारजना वडाअध्यक्षले रोकाको सरुवा माग्दै जनप्रतिनिधि सिंहदरबारमा धर्ना दिएका हुन ।


पालिकाको वडामा अध्यक्ष नहुँदा सेवाग्राहीहरू मर्कामा परेका बडा नं. ३ का स्थानीय रण बहादुर शाहीले जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत हर्ष राेकायको काम प्रति जन गुनासो आए पछि आफुहरु खुसि नभएको वडा नं.३ का अध्यक्ष डम्मर राज जोशीले जानकारी दिनु भयो ।
राजनैतिक खिचातानीले गर्दा सेवाग्राहीले सेवा लिन नपाउनु मानवअधिकार उल्लघंन भएको छ । कर्मचारीको पक्षपात कार्यले जनप्रतिनिधि आन्दोलित हुनुपरेको बताउनु भयो । भागेश्वर गाउँपालिका अध्यक्ष हेम राज चटौतका अनुसार एक हप्ता भित्रै सहमति गरि पालिकाको नियमित कार्य सुचारु हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

