कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–३ का ४२ वर्षीय वीर बहादुर ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णु प्रसाद मालीको नक्कली बुवा बनेर बहुविवाह गराउन भूमिका खेलेको उनीमाथि आरोप छ। मालीले ३१ वर्षीया एक युवतीलाई झुक्याएर विवाह गरेका थिए। माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनक बहादुर धामीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...