दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एक मात्र कर्मचारी

डडेल्धुरा- अमरगढी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ। डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स्थापना भएको यस कार्यालयमा एक कर्मचारी र एक कार्यालय सहयोगी मात्र छन् । 

Ganyapdhura gau
Dadeldhura hospital

दुई प्राविधिक सहायक र एक खाद्य अनुसन्धान अधिकृत गरी तीन कर्मचारी दरबन्दी भए पनि खाद्य अनुसन्धान अधिकृत अध्ययन बिदामा र एक प्राविधिक सहायक काजमा दाङ गएपछि हाल एक प्राविधिक सहायक अभिलाषा अर्यालले सबै जिम्मेवारी बहन गर्दै आएकी छिन् ।

Navadurga sun
Godawari sandesh

दरबन्दीमा कर्मचारी पूर्णता देखिए पनि कार्यालयमा एक जनाले मात्रै काम गर्दै आएको प्राविधिक सहायक अर्यालले बताइन् ।

“दुई जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमूना सङ्कलन गर्ने जिम्मेवारी कार्यालयलाई भए पनि कर्मचारी अभावमा समस्या छ”, उनले भनिन्, “डडेल्धुराको सातै पालिकामा अनुगमन गरिए पनि अरु काम गर्न सकिएको छैन ।” अनुगमनमा फिल्डमा जाँदा कार्यालय बन्द गर्नु पर्ने बाध्यता छ । रासस 

Couple
Loading...