

अत्तरिया- कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा सिटिस्कयान सेवा सुरु भएको छ । सिटिस्कयान सेवाको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । उनले नयाँ थपिएको सेवाले यस क्षेत्रको स्वस्थ सेवामा ठूलो योगदान पुग्ने बताए ।




२०७९ सालमा स्थापना भएको हस्पिटलमा करिब साढे ४ करोडको लागतमा सिटिस्कयान सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष आनन्द पाठकके बताए ।


उनले अत्तरियामा पहिलो पटक सिटिस्कयान सेवाको सुरुवात गरिएको बताउँदै अबका दिनमा यस क्षेत्रका मानिसले बाहिर जान नपर्ने बताए ।

