आठ लाख मुल्यको भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट ८ लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–१० सुकाशाल चौराहा र पुनर्वास नगरपालिका–४ कार्किलडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख ६६ हजार ११५ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनी, दाल, जुता, चप्पल, इनभटर क्लब, मोबाइलका पार्टस, फेन्सी, कस्मेटिक, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...