लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३८ वर्षीय पहलमान शाही पक्राउ परेका हुन्।

शाहीलाई ४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा टिकापुर नगरपालिका–१ जमरा टोल बस्ने २७ वर्षीय मनिश गिरी पक्राउ परेका हुन्।

Navadurga sun

गिरीलाई पनि ७१० मिलीग्राम खैरो हेरोइनसहित कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...