आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ- अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रवारको तुलानामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सयले घटेको हो ।

शुक्रवार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० घटेको छ । शुक्रवार प्रतितोला १ हजार ८ सय ६० मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ । 

Loading...