फागुन २१ गते धनगढीमा भागवत वाचिका राधिका दासी आउने

अत्तरिया- सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा श्रीमद्भागवत महायज्ञ लगाउने भएको छ । महायज्ञका लागि धनगढीमा छलफल गरिएको छ । शनिबार सुदूरपश्चिमाञ्चल साहित्य समाज पलमान सिंह स्वाँर स्मृति भवनको प्राङ्गणमा वृहत छलफल कार्यक्रम गरिएको हो ।

फागुन २१ देखि २७ गतेसम्म धनगढीमा भागवत मञ्जरी पूज्य राधिका दासी द्वारा वाचन हुने गरी श्रीमद्भागवत महायज्ञको तयारी गरिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजले गरिरहेको छ । उक्त श्रीमद्भागवतको तयारीका लागि सुदूरपश्चिम प्रदेशका दिग्गज, सामाजिक, शैक्षिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूको भेला गरेर सबैको विचारलाई बुझेर एकिबद्धताका साथ महायज्ञ गर्न साहित्य समाज लागि परेको छ ।

सुदूरपश्चिमको कला, संस्कृति, साहित्य र गीत संगीतको संरक्षणका साथै कलाकार, साहित्यकार, संगीतकर्मीको संरक्षणकालागि पनि महायज्ञले सहयोग गर्ने आयोजकको बुझाई छ ।

उक्त महायज्ञ सम्पन्न गर्नको लागि सबै जनसमुदायको महत्वपूर्ण भूमिका रहनुका साथै सहयोगको पनि आवश्यकता रहेको र सबैले महायज्ञलाई सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सक्ने सहयोगको लागि पनि साहित्य समाजले अपिल गरेको साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेले बताए ।

Loading...