चेक अनादर मुद्दामा फरार रहेकी टीकापुरकी एक महिला पक्राउ

धनगढी- चेक अनादर मुद्दामा फरार रहेकी कैलालीको टीकापुरकी एक महिला पक्राउ परेकी छिन् । टीकापुर नगरपालिका-१ बस्ने ३८ वर्षीया डम्मरा कुमारी साँउद पक्राउ परेकी हुन् ।

साँउदलाई जल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ३ दिन कैद सजाय र १ लाख ८० हजार जरिवाना तोकेपछि उनी फरार रहेकी थिइन् ।

साँउदलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो ।

Loading...