धनगढी- कैलालीको धनगढी र गोदावरीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–३ रिङरोड, धनगढी उपमहानगरपालिका–१५ उर्मी र गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८२ हजार ४९० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो ।
उक्त स्थानबाट सुर्ती, मोबाईल ग्लास, मोबाईल कभर, हेण्ड प्लास्ट, एयर फोन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।