धनगढी- कैलालीमा छुट्टाछुट्टै तीनवटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालक केन्द्र धनगढीले पठाएको विवरण अनुसार जिल्लाको गौरीगंगा, गोदावरी र धनगढीमा सवारी दुर्घटना भएका छन् ।
गौरीगंगा नगरपालिका–८ बडैपुरमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ३९४३ नम्बरको मोटरसाइकलले ७० वर्षीया पैदलयात्री महिलालाई ठक्कर दिँदा उनको टाउँको पछाडी चोट लागेको छ । घाइते महिलाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
त्यस्तै गोदावरी नगरपालिका–७ लालपुर–टेकुला भित्री सडकमा मधेश प्रदेश ०३– ०३४ प ६२१८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिदा २० वर्षीय युवक वेहोस भएका छन भने १८ वर्षीय किशोरको दाहिनी खट्टा भाचिएको छ । त्यस्तै अर्का १८ वर्षीय किशोरसमेत घाइते भएका छन् ।
घाइते तीनै जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–१३ श्रीलंकामा सुदूरपश्चिम प्रदेश ०१०१० प ९६४५ नम्बरको मोटरसाइकल पल्टिदा ३८ वर्षीय पुरुष घाइते भएका छन् । उनको निको मेडिकलमा उपचार भइरहेको छ ।