



धनगढी- कैलालीको धनगढीका एक युवक खैरो हेरोइन सहित पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने १९ वर्षीय अर्जुन खड्का खैरो हेरोइन सहित पक्राउ परेका हुन् ।


खड्कालाई २ ग्राम ८६० मिलीग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

