



धनगढी- कैलाली उद्योग वाणिज्य संघले संचालन गरेकाे सुदूरपश्चिम महोत्सव आज छैटौं दिनमा प्रवेश गरेकाे छ । महोत्सवमा आज आउने कलाकारहरु मुख्य आकर्षण केन्द्रविन्दु गायक शिव परियार, गायिका रचना रिमाल गायिका अनिता चलाउने , स्मृती थापा आउने भएका छन् भने कार्यक्रम सञ्चालिकाको रुपमा शीतल शर्मा रहने छिन् ।


त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । महोत्सवको टिकट साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० निर्धारण गरिएको छ ।

