अत्तरिया- जिल्ला प्रशासन कार्यालय कैलालीले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान नम्बर) दिन थालेको छ । प्रशासनले सोमबारदेखि सो सेवा सुरु गरेको हो ।
प्रशासनले सबैभन्दा पहिले गोदावरी नगरपालिका–१ का ४२ वर्षीय करुणा भट्टलाई सो सेवा प्रदान गरेको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उनलाई स्थायी लेखा नम्बर हस्तान्तरण गरेका थिए । यसअघि, आन्तरिक राजस्व कार्यालयले मात्रै स्थायी लेखा नम्बर प्रदान गरेको थियो । अबदेखि जिल्ल प्रशासन कार्यालयबाट पनि यो सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।