नवजीवन सहकारी संस्थाको ३१ औँ वार्षिक एकाईगत साधारणसभा अत्तरियामा सम्पन्न

अत्तरिया- कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा अत्तरियामा सम्पन्न भएको छ । नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि कैलाली क्षेत्र नम्बर ४ कि सभासद तुलसी देवकोटा रहेकी थिइन् ।

विशिष्ट अतिथि गोदावरी नगरपालिका उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका महाप्रबन्धक डम्बर सिंह गुरुङले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष चेतराज ओझाले प्रस्तुत गरेका हुन् । 

संस्थामा २०८१ असार सम्म ३४ हजार तीन सय पन्चानब्बे जना सेयर सदस्यहरू र १० जना कर्मचारीहरू रहेका छन् । संस्थाले यस शाखा लगायत नौ वटा शाखा कार्यालयबाट सेवा दिइरहेको छ । संस्थाको यस एकाइको २०८१ असार मसान्त सम्ममा चुक्का शेयरपुँजी रु ३० करोड ८० हजार संस्थाको बचत संकलन ५ अर्ब १ करोड ९० लाख ५ हजार र संस्थाको खुदनाफा ४१ लाख ६ हजार रहेको छ । 

नियमित कारोबार गर्ने उत्कृष्ट व्यक्तिहरूलाई संस्थाले सम्मान समेत गरेको छ । संस्थाले शेयर सदस्यहरूको उपचार खर्च दाह संस्कार खर्च र सुत्केरी खर्च दिँदै आइरहेको छ । यस्ता सुविधाहरू नियमित गरिने र मजगाउँमा खाद्य प्रशोधन केन्द्र खोल्ने तयारी रहेको संस्थाका सल्लाहकार समिति संयोजक चक्र बहादुर सिंह ले बताए ।

प्रमुख अतिथि तुलसी देवकोटाले सहकारीमा विकृति आएको छ एउटा सहकारीले गर्दा अरु सहकारीहरूको बदनाम गरेको छ । ‘संस्थाले प्रगति गरि रहेकोले म हर्षित छु ।’ उनले भनिन्,  ‘मेरो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

कार्यक्रमको समापन गर्दै सभापति देव बहादुर बमले कोभिडको बेलामा र आर्थिक मन्दीको बेला पनि यो संस्थालाई फरक नपरेको सहकारीहरु बदनाम हुँदै गएको बेलामा सहकारीका धेरै चुनौतीहरू रहेका छन् । नवजीवन सबैको सहकारीको नियम अनुसार चलिरहेको र यसले सबैको मन जितेको संस्था रहेकाे बताए । यस सहकारीले धनगढीको जुगेडामा छिट्टै च्याउँखेती पकेट क्षेत्र बनाउने योजना रहेकाे समेत बताए । 

Loading...