ब्राउन सुगरसहित युवक पक्राउ

दाङ । दाङमा ब्राउन एक युवक पक्राउ परेका छन्। रोल्पाको परिवर्तन गाउँपालिका – ६ का ३० वर्षीय वीरेन्द्र बुढा मगर मंगलबार बेलुकी दाङको घोराही उपमहानगरपालिका – १३ बर्माचोकबाट पक्राउ परेका हुन्।

Dadeldhura hospital

सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाको नेतृत्वमा पुगेको पाँच जनाको प्रहरी टोलीले बाटोमा हिँडिरहेका मगरलाई खानतलासी गर्दा ब्राउन सुगर बरामद भएको हो।

Navadurga sun
Godawari sandesh

उनको साथवाट पाँच पुडिया धागोले बाँधी लुकाइ छिपाइ राखेको अवस्थामा ३ ग्राम ४२० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो। डिएसपी थापाले पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

Loading...