

अत्तरिया- कैलालीको दुर्गालक्ष्मी माध्यामिक विद्यालय, मालाखेतीमा रहेको ग्वासि माध्यमिक बिद्यालय र नवज्योति माध्यमिक विद्यालयमा बिश्व लागु औषध तथा ओसारपसार विरुद्ध विविध कार्यक्रम गरी मनाईएको छ ।



नेविसँघ गोदावरीको आयोजनामा कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्य माध्यमिक विद्यालय,मालाखेतीमा रहेको ग्वासि माध्यमिक बिद्यालय र नवज्योति माध्यमिक विद्यालयमा लागुऔषध तथा ओसारपसार विरुद्ध विद्यालयमा जनचेतनामुलक कार्यक्रम पालिकाका सबै विद्यालयमा गर्ने गरी कार्यक्रमको थालनी गरेको जानकारी नेबिसंघ सभापति दिल बहादुर बुढाथोकीले बताएका छन ।


उक्त कार्यक्रममा लागु औषध सेवनले हाम्रो जिवनमा आउने चुनैती र कसरी लागुऔषध सेवन बाट आफू, आफ्नो घर परिवार र समुदाय लाई कसरी सुरक्षित राख्न सकिन्छ सम्बन्धी जानकारीमूलक सामग्री साथै पम्प्लेट पनि वितरण भएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।