


अत्तरिया- विश्व हिन्दु महासंघकी उपाध्यक्ष तथा रुडुककी महासचिव समाजसेवी ज्योत्सना साउदले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई व्हिल चियर सहयोग गरेकी छन् ।


मंगलबार अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा साउदले नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखालाई १६ थान व्हिल चियर उपलब्ध गराएको मेयर हेमराज ओझाले जानकारी दिए । यसले गर्दा नगरमा अपाङ्गता भएका व्यक्तिहरूलाई केही भए पनि सहयोग पुग्ने विश्वस व्यक्त गरे ।

