बेलौरीबाट ३ लाख मुल्यको अबैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट ३ लाख मुल्य बढीको अबैध सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ६५ हजार ३ सय बराबरको सामान बरामद गरिएको छ।

उक्त स्थानबाट सुटपिस, बच्चाका कपडा, धोती, साबुन, सरप, सिरकका खोल, केक, चक्लेट, खेलौना, मोटरसाईकल थान–१ लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले सोमवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...