कञ्चनपुरमा श्रीमती कुटेर उप–प्राध्यापक फरार

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा एक उप–प्रध्यापकले आफ्नो श्रीमतीलाई कुटपीट गरेर फरार भएका छन् । मर्निङ ग्लोरी स्कुलका सञ्चालक तथा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका पृथ्वीराज भट्टले आफ्नी श्रीमतीलाई कुटपिट गरेका हुुन् ।

शनिवार भट्टले आफ्नी पत्नी जयन्तीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी उमेश जोशीले बताए ।

Navadurga sun

घरायसी विवादका क्रममा कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि परेको छ। कुटपिटबाट घाइते भएकी जयन्तीको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।

जयन्तीको टाउकोमा इटाले हानेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान अगाढी बढाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...