कैलालीको विभिन स्थानबाट अबैध सामान बरामद

धनगढी- कैलालीको विभिन स्थानबाट ६ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाबाट भन्सार छली गरी ल्याएको अन्दाजी ६ लाख २ हजार ६५० मुल्य बराबरको अबैध सामानहरु फेलापारी बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिकाको आदर्श चोक र त्रिबेणीघाटबाट अन्दाजी मुल्य ३२ हजार ७५० बराबरको माछा, चिनि, प्याज र किराना सामान फेला पारेको छ । त्यसैगरी गोदावरी नगरपालिका–३ चौकीडाडाबाट अन्दाजी मुल्य २ लाख ३१ हजार ८ सय बराबरको कपडा फेला पारेको छ ।

कैलारी गाउँपालिकका-५ मनिकापुरबाट अन्दाजी मुल्य १ लाख ९५ हजार ५ सयको २०० ए एच ईनभटर, ब्याट्री, कपडा र नाईलन रसी फेला पारेको छ, टीकापुर नगरपालिका–८ बेलुवाबाट अन्दाजी मुल्य १ लाख ८ हजार ४ सय बराबरको तेल, मोजा, छिद्रा माछा र मम्फली बरामद गरेको छ ।

त्यस्तै भजनी नगरपालिकाको काँडा र पहलवानपुरबाट अन्दाजी ३० हजार २ सय मुल्य बराबरको छिद्रा माछा, हरियो खुर्सानी र सिंगाडा बरामद गरेको छ भने जोशिपुर गाउँपालिका–३ फाडियाबाट अन्दाजी ४ हजार बराबरको चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...