बैतडी- बैतडीमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको मेलौली नगरपालिका–७ का २४ वर्षीय रोशनसिंह रावत बालिका करणी गर्न खोजेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार १३ वर्षीया बालिकालाई रावतले जबरजस्ती करणी गर्न खोजेको आरोप छ ।
बालिकाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा रावतलाई आतवार नै पक्राउ गरिएको हो । उनी माथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।