कैलाली मालपोतको सेवा अब अनलाइनबाट

अत्तरिया, १ भदौ– मालपोत कार्यालय कैलालीले अब आफ्नो सेवा भूसेवा (अनलाईन) केन्द्र मार्फत सञ्चालन भएको छ । कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने घरजग्गाको काम भूसेवा केन्द्रमार्फत सञ्चालन गर्न लागेको हो ।

मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले मंगलबार बाट भूसेवा केन्द्रमार्फत अनलाइन सेवा सञ्चालन गरिएको बताए । सार्वजनिक पहुँच प्रणालीबाट सेवा प्रदान गरिने बताउँदै कार्यालय प्रमुख केसीले सो प्रणालीमार्फत सेवाग्राहीले आफू अनुकूल तरिकाले इन्टरनेटको माध्यमबाट सहजतापूर्वक घर जग्गा सम्बन्धी कारोबारको लागि अनलाइन फाराम भर्न सकिने तथा कार्यालयबाट अनुमति प्राप्त भूसेवा केन्द्रहरूमा गई लेखापढी कानून व्यवसायीमार्फत आफ्नो कारोबार अनलाइनमार्फत गर्न सकिने बताए ।

Navadurga sun

शुरूआती चरणमा लिखत पारित अन्तर्गत राजीनामा, अंशबण्डा, हालैदेखिको बकस पत्र, अंश बुझेको भरपाई, छोडपत्र, दर्ताफारी सेवा दिने भएको छ । रोक्का र फुकुवा अन्तर्गत बैंक, वित्तीय संस्था, फाइनान्स तथा सहकारी संस्थाबाट हुने धितो रोक्का, व्यक्तिगत दृष्टि बन्धकी रोक्का र फुकुवा सम्बन्धी कार्य पनि भूसेवा केन्द्रमार्फत गरिने तयारी भएको कार्यालयले जनाएको छ ।

तर शुरूआती चरणमा लिखित पारित अन्तर्गतको कारोबारहरू मात्र गरिने प्रमुख केसीले बताए । अन्य कार्यहरू क्रमिक रूपमा थप गरिने उनले बताए । भूसेवा केन्द्रमार्फत अनलाइन प्रविधिबाट सेवा प्रदान भएमा कम समयमा प्रभावकारी सेवा प्रवाह हुने बताइएको छ । भूसेवा केन्द्र सञ्चालनपछि लेखापढी कानून व्यवसायीको एकाधिकार र सेवाग्राही लुटिने कार्य पनि बन्द हुने प्रमुख केसीको भनाई रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...