निर्मलालाई न्याय माग्दै सावित्री सुवेदीले गरिन् सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

Dadeldhura hospital

अत्तरिया, १ भदौ  : निर्मलालाई न्याय माग्दै अधिकारकर्मी सावित्री सुवेदी सुदूरपश्चि प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि मौन प्रदर्शन गरेकी छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रदर्शन गर्दै उनले निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको आरोप लगाएकी छन् ।
निर्मलाको हत्या भएको बर्षौ पुग्दा पनि सरकार मुख दर्शक बनेर बसेको उनले बताईन् । ‘निर्मलालाई न्याय दे’ ,’मेरो शरीर मेरो अधिकार’का प्ले कार्ड सहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन प्रदर्शन गरेकी हुन् । कञ्चनपुरकी १३ बर्षीय निर्मला पन्त बलात्कारपछि हत्या भएका ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू फेरि धनगढी आएको उनले बताइन् । ‘सरकार अहिले कानमा तेल हालेर बसेको छ’ उनले भनिन, ‘जब सम्म निर्मलाले न्याय पाउदैन तब सम्म हाम्रो आन्दोलन जारी रहने छ ।’
सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई छ । निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।

Loading...