उपनिर्वाचन : मतपत्र छपाइको काम आज सकिँदै

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम शनिबारसम्म पूरा हुने भएको छ । छापिएका मतपत्र उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा मतपत्र पठाइसकिएको र बाँकी ठाउँमा केही दिनमा पठाउने आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। मतपत्र छपाइ हुने क्रम जारी रहेको भन्दै उनले बाँकी ठाउँमा पठाउने क्रम पनि केही दिनमा सकिने बताइन्।

आयोगले यसपटकको उपनिर्वाचनमा उम्मेदवारको सङ्ख्याका आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्र तयार गरेको छ। स्वीकृत डिजाइनबमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन्। नमुना मतपत्रका आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसार एवं मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...