मोटरसाइकल पिकअप जिपसँग ठोक्किदा एक जना घाइते

धनगढी- कैलालीमा मोटरसाइकल पिकअप जिपसँग ठोक्किएर दुर्घटना भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ शिवगंगा पुलमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का ४० वर्षीय प्रकाश देउवाले चलाएको प्रदेश नम्बर–३ बा ०६७९ नम्बरको पिकअप जिपसगँ घोडाघोडी नगरपालिका–५ का बिसन विष्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ प ५९२० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकल चालक विष्टले गलत दिशाबाट ओभर ट्याक गर्नेक्रममा जिपसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Navadurga sun

मोटरसाइकल चालक विष्टको टाउको, खुट्टा र दुुबै हातमा चोट लागेको छ । उनको चौमालामा रहेको लाइफ कियर अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...