कैलालीको अत्तरियामा मोटरसाइकल अनियन्त्रित हुँदा एक जना घाइते

Dadeldhura hospital

अत्तरिया- कैलालीको अत्तरियामा मोटरसाइकल अनियन्त्रित हुँदा एक जना घाइते भएका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ ट्राफिक पोष्ट नजिक अत्तरियाबाट पुर्वतर्फ जाँदै गरेको बा ७४ प २२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का २७ वर्षीय विवेक गौतम रहेका छन । उनको पदमा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको छ ।

Loading...