सुदूरपश्चिम रोयल्सको टोली गृहक्षेत्र आइपुग्यो, भोली धनगढीमा भव्य र्याली आयोजना हुँदै

धनगढी- नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्समा आबद्ध खेलाडीहरु गृह क्षेत्र धनगढी आइपुगेका छन ।

टिमका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, अमित श्रेष्ठ, इशान पाण्डेय केहीबेर अगाडि आइपुगेका छन भने विनोद भण्डारी, नरेश बुढाऐर, खडक बोहरा, भोजराज भट्ट लगायतका खेलाडी गृहक्षेत्रमै थिए ।

Navadurga sun

त्यस्तै टोलीमा आबद्ध नरेन साउँदनरेन भट्ट यु १९ राष्ट्रिय टोलीमा छनोट भएका कारण यतिबेला भारतको कर्णाटकमा अभ्यास खेल खेलिरहेका छन । यता सुदूरपश्चिमवासीले सुदूरपश्चिम रोयल्सको टोलीलाई गृहक्षेत्रमा भव्य स्वागत गर्ने तयारी गरेको छ ।

केहिदिनदेखि धनगढीमा रहेको सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोलीले प्रदेश सरकारका प्रतिनिधि लगायत खेल क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा दिनेदेखि अन्य प्राविधिक काम सकिसकेको सुदूरपश्चिम रोयल्सको मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।

सोमबार बिहान ९ बजेदेखि धनगढीको चौराहाबाट हुड्केउली बाजागाजा सहित सुरु हुने र्याली धनगढी रंगशालामा आएर परिचयात्मक कार्यक्रम गरि समापन हुनेछ । र्यालीमा सुदूरपश्चिम रोयल्सका खेलाडी, टिम व्यवस्थापक, नेपाल क्रिकेट संघ क्यानका संघ, प्रदेश र जिल्लाका प्रतिनिधि लगायत हजारौंको संख्यामा शुभेच्छुकहरू सहभागि रहने सुदूरपश्चिम रोयल्सले जनाएको छ ।

त्यस्तै धनगढी रंगशालामा समापन हुने र्यालीमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको पनि उपस्थिति रहने सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वतन्त्र प्रताप शाहले जानकारी दिए ।

शाहले लगानी आफूले गरेपनि खेलका माध्यमबाट समग्र सुदूरपश्चिमवासीको भावना जोडिने गरी काम गरिरहेको भन्दै धनगढीमा उपलब्ध सम्पूर्ण सुदूरपश्चिमेलीहरुलाई र्यालीमा सहभागी भएर सुदूरपश्चिम रोयल्सको हौसला बढाइदिन आग्रह गरेका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...