सुदूरपश्चिममा सात दिन अपाङ्गता दिवस मनाइने

अत्तरिया- सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्ष अन्तराष्ट्रिय दिवस सात दिन सम्म मनाउने भएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले यसका लागि ५१ सदस्यीय मूल आयोजक र कार्यविषेश विभिन्न उपसमिति गठन गरि तयारी थालेको हो ।

प्रदेश राजधानी समेत रहेको कैलालीको धनगढीमा यस वर्षको अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्‍ट्रिय दिवस यस वर्षको ३ डिसेम्वरलाई सप्ताहव्यापी (मिति २०८१/८/१४ देखि २० गतेसम्म) विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइने अध्यक्ष मान बहादुर साउँदले बताए ।

उनका अनुसार साप्ताहिक कार्यक्रमलाई भव्य रुपमा मनाउनका लागि शनिबार धनगढीमा उपलब्ध संधसंस्था सँग छलफल गरी विभिन्न दर्जनौँ उप समितिहरू पनि निर्माण गरिएको छ ।

अन्तराष्ट्रिय दिवसलाई खुशियालीको साथै आन्दोलनका रुपमा गतवर्ष झै अपाङ्गता भएका युवाहरूको स्वरोजगार मेलासँगै यसवर्ष थप सचेतना मूलक अन्तरकृया, लोकसांस्कृतिक कार्यक्रम, निशुल्क उपचार, सीप तथा कला प्रदर्शनी र उत्कृष्ट कार्यको सम्मान लगायतका कार्यक्रम रहने उनले जानकारी दिए ।

Loading...