कञ्चनपुर- कञ्चनपुरबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज पक्कीपुल स्थित सडकबाट ५ ग्राम ८ सय मिलिग्राम लागुऔषधसहित भीमदत्त नगरपालिका–१८ भगतपुरका २५ वर्षीय प्रतिक कुँवर शनिवार पक्राउ परेका हुन ।
उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश ०२–००३ प ४६६२ नम्बरको मोटरसाइकलमा सवार कुवरलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।