


बैतडी- बैतडीको दशरथचन्दमा आईतवार जात्राका लागि सार्वजनिक बिदा दिइएको छ ।



दशरथचन्द नगरपालिका-८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिकाले कार्तिक २५ गते (आईतवार) स्थानीय सार्वजनिक बिदा दिएको हो ।


नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैर सरकारी संघ संस्थामा स्थानीय सार्वजनिक बिदा दिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बिष्टले जानकारी दिए ।
हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्न हजारौं दर्शनार्थीको घुइँचो हुने गर्दछ । त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।





