सुदूरपश्चिम अपाङ्गता शिक्षक समाजको अध्यक्षमा साउँद

धनगढी- कैलालीको अत्तरियामा भएको अपाङ्गता भएका शिक्षकहरूको भेलाबाट ‘सुदूरपश्चिम अपाङ्गता शिक्षक समाज गठन’ गरिएको छ।

छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा भेला भएका शिक्षकहरूको भेलाले शिक्षक समाजको तदर्थ समिति गठन गरेको हो। सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयको सभा हलमा भएको भेलाले शिक्षक मानबहादुर साउँदको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

Navadurga sun

समितिको उपाध्यक्षमा मातृका उपाध्याय, सचिवमा अर्जुन बहादुर रावल, सह सचिवमा तेज बहादुर सुनार, कोषाध्यक्षमा तुलसी जोशी रहेका छन्।

त्यस्तै सदस्यहरूमा ज्ञानेन्द्र बास्तोला, कोपिला आचार्य, शान्ति विष्ट, अम्बादत्त भट्ट, खेमा रावल र चन्द्र प्रसाद जोशी रहेका छन्।

अपाङ्गता भएका शिक्षकहरूले आफ्ना पेसागत हक अधिकारहरू ओझेलमा पर्दै आएको भन्दै पेसागत हकहित प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षक समाज गठन गरिएको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...