भन्सार छलीका बोईलर कुखुरा र माछा लगायत सामान बरामद

धनगढी- कैलालीबाट भन्सार छली गरी ल्याएका बोईलर कुखुरा र माछा लगायत सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–१६ रामपुर, गोदावरी नगरपालिका–४ वनदेबी नजिक, टीकापुर नगरपालिका–४ मौरनिया, टीकापुर नगरपालिका–९ बालुवाटार र कैलारी गाउँपालिका ७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ८७ हजार ७५५ मूल्य बराबरको सामान बरामद गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त मूल्य बराबरको प्याज, चिनी, दाल, साबुन, बदाम, हरियो खुर्सानी, केराउ, बिडी, सुर्ती, सिद्रा माछा, माछा, बोईलर कुखुरा, प्लाष्टिक झिल्ली, मोटरसाईकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।  

Loading...