कैलालीको गोदावरी धाममा झोलुङ्गे पुल निर्माणका लागी डिपिआर शुरु

अत्तरिया- कैलालीको गोदावरी धाममा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको गोदावरी धाममा झोलुङ्गे पुलको योजना निर्माणका लागि आज देखी विस्तृत परियोजना रिपोट (डिपिआर) बनाउन शुरु गरिएको हो ।

झोलुङ्गे पुल निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि अक्ष ईन्जिनियरिङ्ग प्रालिले काम गरिरहेको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, वडा नम्बर ४ का वडाध्यक्ष हेम प्रकाश मल्ल, गोदावरी धाम विकास समितिका प्रतिनिधि र स्थानीयको उपस्थितिमा आज देखि झोलुङ्गे पुलको योजना निर्माणका लागि ठाउँ छनौट गरेर डिपिआर सुरु गरिएको छ ।

Navadurga sun

संघिय सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको झोलुङ्गे पुलले धाममा तिर्थ यात्रा गर्ने आगन्तुकहरूलाई अवलोकन गर्न र वर्षातको समयमा गोदावरी नदीमा वारपार गर्न सहज हुने नगर प्रमुख भट्टले बताए । उनले झोलुङ्गे पुल निर्माणले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि सहज हुने बताउँदै झोलुङ्गे पुललाई केन्द्रित गरेर नगर पालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको जानकारी दिए ।

गोदावरी धामको विकासका लागि बनाएको डिपिआर अन्तरगत रहेर यस क्षेत्रमा पुलको निर्माण आवश्यक रहेकाले आज देखिनै नापजाँचको काम अगाडि बढाएर छिटो काम सम्पन्न गराउन लागि पर्ने समेत नगर प्रमुख भट्टले बताएका छन ।

नापजाँचका लागि ठाउँ छनौट गर्दे झोलुङ्गे पुलको प्रारम्भिक लम्बाइ करिब २ सय मिटर रहने सम्भाव्यता अध्ययन गरिरहेका अक्ष ईन्जिनियरिङ्ग प्रालिका प्राविधिक योगेन्द्र थापाले बताएका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले बिगत देखी झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको बताउँदै आज आएर पुल निर्माणका लागि डिपिआर भइरहेको बताएका छन् । उनले गोदावरीमा परापूर्वकाल देखीको स्थापना भएका मन्दिरमा बिभिन्न मेला लागेको समयमा वा दैनिक पूजापाठ गर्न पारी जाने श्रद्धालु भक्तजनहरूलाई भइरहेको समस्या अब सहज हुने बताएका छन् ।

डिपिआर सकिने बित्तिकै पुल निर्माणका लागि टेन्डर प्रक्रियामा गई ठेक्का भएर सम्भवतः एक वर्ष भित्रै निर्माणको काम सकिने उनले बताए । संघिय सरकारको आर्थिक सहयोग सँगसँगै सुदूरपश्चिम प्रदेश सरकारले पनि २५ लाख बजेट छुट्याएको वडा अध्यक्ष मल्लले बताएका छन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित प्राचीन मन्दिर सम्म जोड्ने गरी धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको गोदावरी धाम विकास समितिका सह सचिव दिपेन्द्र अवस्थीले बताए । उनले पुल बनेपछि गोदावरी पर्यटकीय गन्तव्यको रुपमा विकास हुनुका साथसाथै यस ठाउँको प्रवर्द्धनमा समेत टेवा पुग्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशकै धार्मिक स्थल गोदावरी धाममा झोलुङ्गे पुल नहुँदा नदी पारि परापूर्वकाल देखि स्थापना भएका मन्दिरमा पूजाआजा गर्न नदिमा हिँडेर वारपार गर्नुपर्ने बाध्यता रहेको थियो । गोदावरी नदीले पारि जान असहज गरीरहेको भन्दै स्थानियले पनि लामो समयदेखी झोलुङ्गे पुलको माग गर्दै आईरहेका थिए । अब पुल निर्माण हुने भएपछि वारिपारि आवत जावत गर्नका लागि सहज हुने स्थानिले बिश्वास लिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...