अत्तरिया- कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।



जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियाबाट सोहि पालिका–४ का २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


बोगटीको साथबाट ६० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ ।





