अत्तरिया- किसान बहुउद्देश्यीय सहकारी संस्थाले एक जना शेयर सदस्यको कर्जा मिनाहा तथा सुविधा वितरण गरेको छ । सहकारीको गेटा शाखाले गोदावरी न.पा. ०८ श्रीपुर गाउँ को केन्द्र नम्बर १५४८ को समुह नं. १ को ४ मा बस्दै आएका एक जना शेयर सदस्य भागरती देवी चौधरीको मृत्यु पश्चात कर्जा मिनाहा गरेको हो।


सोमबार सुविधा वितरण तथा श्रद्धाञ्जली सभाको आयोजना गर्दै कर्जा मिनाहा गरेको हो । गोदावरी नगरपालिका ०८ का निजका श्रीमान कृष्ण बहादुर चौधरीलाई ५ लाख ६६,७९३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । साथै निज सदस्यको २ लाख ५६ हजार २ सय १५ कर्जा रकम मिनाहाका साथै अन्य सुविधा पनि वितरण गरिएको थियो ।



सहकारीको चौमाला ईलाका प्रमुख खकेन्द्र देवकोटाको अध्यक्षतामा भएको सुविधा वितरण कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्री सुद्धिराम चौधरीले उक्त चेक मृतकका श्रीमान कृष्ण चौधरीलाई ५ लाख ६६ हजार ७ सय ९३ को चेक हस्तान्तरण गरेका हुन् ।
पर्यावरण जोगाउनका लागि संस्थाको पनि भुमिका आवश्यक ठानेर किसान बहुउद्देश्यीय सहकारी संस्थाले मृतकको सम्झनामा एक थान लिची बिरुवा रोपेर वक्षरोपण गरिएको हो ।
गोदावरी नगरपालिका ५ का वडा अध्यक्ष सुद्धिराम चौधरीको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा वडा अध्यक्ष चौधरीले संस्थाको प्रशंसा गर्दै किसान सहकारीले गरीब न्युन परीवारलाई विभिन्न किसिमका सुविधा दिँदै आएको र सदस्यको सुख, दुखको सहयात्री बनेकोमा संस्थालाई धन्यबाद समेत ब्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिका ८ का वडा सदस्य हरिराम चौधरी, गोदावरी न.पा. ०८ का भलबन्सा बलिराम चौधरी, गेटा शाखाका शाखा प्रमुख सरिता शाही, कर्मचारी सुरक्षा रिजाल र शेयर सदस्यहरुको उपस्थितिमा यस संस्थाका चौमाला ईलाका प्रमुख तथा यस कार्यक्रमका सभाअध्यक्ष खकेन्द्र देवकोटाले कार्यक्रम समापन गरेका थिए ।





