अत्तरियामा रहेका मिडियाका संचालक र पत्रकारहरुसंग छलफल

अत्तरिया, ३० साउन- सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको स्थानिय पत्रकारहरुको छाता संस्था गोदावरी पत्रकार मञ्चले मिडियाका संचालक र पत्रकारहरुसंग छलफल गरेको छ । गोदावरी नगरपालिका क्षेत्र भित्र रहेको बिभिन्न मिडियामा कार्यरत पत्रकारहरुको पेशागत हकहितका लागि स्थापना भएको गोदावरी पत्रकार मञ्च आधिकारी रुपमा दर्ता भैसकेपछि शनिवार अत्तरिया क्षेत्रमा रहेको सबै मिडियाका संचालक र त्यहाँ कार्यरत पत्रकारहरुसंग छलफल गरेको हो ।

पत्रकार मञ्च गठन भैसकेपछि के कसरी अगाडी बढ्न सकिन्छ, कुन कुन बिषय बस्तुहरुमा पत्रकार मञ्चले आफ्नो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अत्तरिया क्षेत्रमा लामो समयदेखी पत्रकारितामा गर्दै आएका अग्रज पत्रकारहरुको सुझाव , सल्लाह सहित छलफल गरिएको गोदावरी पत्रकार मञ्चका प्रबक्ता प्रेम सिं बिष्टले बताए ।

Navadurga sun

उनले मञ्चको टिम प्रत्येक संचारगृहमा पुगेर त्यहाँका पत्रकारहरुको बर्तमान अबस्थाका बारेमा समेत बुझेको बताए । छलफल सहित सुझाव संकलनका क्रममा मिडियाका संचालकहरुले जुन उध्ेश्यका साथ मञ्चको स्थापना गरिएको त्यसमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

उनले आफ्नो पेशागत हकहित र क्षमता अभिबृद्धीका लागि स्थापना गरिएको मञ्च जन्माउदै गर्दा धेरै दुख कष्ट भएपनि पछि यसले स्थानिय स्तरमा कार्यरत पत्रकारहरुका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । पछिल्लो समय पत्रकारिता क्षेत्रमा बिभिन्न किसिमका विकृति बिसंगतिहरु पनि भित्रिदै गएकाले पत्रकारले स्वाच्छ रुपमा आफ्नो धर्म निभाउनुपर्ने अधिकांश संचालनकहरुको भनाई रहेको थियो । गत बैशाखमा गठन भएको गोदावरी पत्रकार मञ्च साउन ११ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...