अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत महेन्द्रनगर रोडबाट भन्सार छलीका बेवारिसे समान बरामद गरिएको छ ।




इलाका प्रहरी कार्यालय मालाखेतीले एक लाख साठी हजार पाँच सय पचास रुपैया बराबरका विभिन्न किसिमका स्टेसनरी सामाग्रीहरु र पर्दा कपडा समेतका मालसमानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।


बरामद गरिएका सामानहरु त्रिनगर भन्सार कार्यालयमा बुझाईएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।




