सरसफाइ अभियान अन्तरगत युवा नेता आगोले गरे अत्तरिया बसपार्कको शाैचालय सरसफाइ

अत्तरिया- सार्वजनिक शौचालय सरसरफाईमा जुटेका युवा नेता लोकराज पाण्डेय ‘आगो’ ले अत्तरिया बसपार्कमा सार्वजनिक शौचालय सरसरफाई गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका (आगो) ले असोज ९ गते जन्मदिनको अवसरमा सार्वजनिक शौचालय अभियान सुरु गरेका थिए । असोज ९ गते जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिरमा रहेका सार्वजनिक शौचालयमा सरसफाइ गरेर अभियान सुरु गरेका पाण्डेयले अघिल्लो बुधवार काठमाण्डौं बसपार्कका शौचालयमा सरसफाइ गरेका थिए ।

Navadurga sun

उनले कैलालीको गोदावरी नगरपालिका स्थानीय युवाहरूको सहयोगमा बसपार्कको प्रतीक्षालय सँगै जोडिएको सार्वजनिक शौचालयलाई सरसफाइ सामग्री हस्तान्तरण गर्दै सरसफाइ गरेका थिए । सरसफाइ अभियान अन्तरगत शौचालयका कर्मचारीलाई बाल्टिन, ब्रस, जग, हार्पिक, सोडा, ओडोनिल लगायतका सामग्री समेत हस्तान्तरण गरेको आगोले जनाएका छन् ।

‘सानै काम भए पनि समाजमा शौचालय सार्वजनिक शौचालय सरसफाई राख्नुपर्छ भन्ने सन्देश गएको छ’, उनले भने । ‘एक जनाले सरसफाई त नहोला तर, सबैले आ–आफ्नो ठाउँमा मेहनत गरेमा पक्कै पनि सार्वजनिक शौचालय सफा रहनेछन् ।’

उनले अभियान तेस्रो सातामा पुग्दा यसमा जोडिने मानिसहरूको संख्या बढ्दै गएकाले यसलाई ‘राष्ट्रिय सरसफाइ अभियान’ का रूपमा अगाडि बढाउने तयारी गरिरहेको बताए ।

‘मैले जन्मदिनको अवसरमा सुरु गरेको यो अभियानलाई देशव्यापी बनाउने उद्देश्यले अगाडि बढिरहेका छौ’ उनले भने ‘अभियानमा बढी भन्दा बढी विद्यार्थीलाई जोड्ने हाम्रो अभियान हुने छ । ’

उनले विद्यालयमा अभियान गर्दा बालबालिका पनि सचेत हुने भएकाले अभियान विद्यालयमा गर्दा प्रभावकारी हुने बताए । नागरिकहरू सँग शौच गरेको पैसा लिँदा पनि सार्वजनिक शौचालय सफा हुन नसकेको उनले बताए ।

‘बसपार्कमा पैसा लिएर सञ्चालन गरिएका शौचालयमा पनि सरसफाइ गरिएको छैन’ उनले भने ‘पैसा आर्जन भइरहँदा पनि यसको सरसफाइ कसले गर्ने हो ? भन्ने जिम्मेवारी महसुस नगरिएकोले आफूहरूले अभियानबाट सचेत गराउने काम पनि गरेका छौ ।’

उनले आगामी दिनमा यस अभियानलाई महिनामा २ पटक गर्ने योजना बनाइरहेको बताए । उनले भने ‘हरेक हप्ता कार्यक्रम गर्न सीमित श्रोत साधनले नभ्याउने भएकाले हामीले यसलाई महिनामा २ दिन गर्ने की भनेर योजना बनाएका छौ ।’ आफ्नो सार्वजनिक शौचालय गर्ने अभियानको निरन्तरता रहने उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...