ब्राउन सुगरसहित चार युवक पक्राउ

दाङ । दाङबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन्। दुई जना घोराही क्षेत्रबाट र थप दुई जना लमही क्षेत्रबाट पक्राउ परेका हुन्। लमहीबाट पक्राउ परेका तुलसीपुरका हुन्। घोराही उपमहानगरपालिका – १८ रझेनाका ३४ वर्षीय अर्जुन विश्वकर्मा र घोराही– १८ का ढोडेनीका २५ वर्षीय प्रेम विश्वकर्मा पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार शनिबार दिउँसो उनीहरू घोराही–१५ भरतपुर सडक खण्डबाट पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा डिएसपी थापाको कमाण्डमा खटिएको प्रहरीले प्रेमले चलाएको रा ८ प १२५१ नम्बरको स्कुटर चेक गर्ने क्रममा ४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।

Navadurga sun

त्यस्तै, पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ तल्लो अमेलिया नजिकै चेकका क्रममा तुलसीपुर उपमहानगरपालिका–४ का २२ वर्षीय अनिष परियारले चलाएको मोटरसाइकल चेकका क्रममा तुलसीपुर – ८ का २६ वर्षीय गणेश सुनार पनि पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय अमेलियाबाट खटिएको प्रहरी टोलीले दिउँसो बाँकेको कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ४८२ नम्बरको मोटरसाइकल चेकका क्रममा उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो। उनीहरूको साथबाट ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी थापाले बताए। पक्राउ परेकाहरूबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...