अत्तरिया- शैक्षिक सत्र २०८२ मा कक्षा ८ को गणित विषयमा सामुदायिक विद्यालयतर्फ नगरमै उत्कृष्ट अंक ल्याउन सफल श्री जानकी माध्यमिक विद्यालय गाेदावरी नगरपालिका १० का शिक्षक कृष्णबहादुर वि.क. सम्मानित हुनुभएको छ।
शैक्षिक सत्र २०८२ मा कक्षा ८ को गणित विषयमा सामुदायिक विद्यालयतर्फ नगरमै उत्कृष्ट अंक प्राप्त गराउन सफल शिक्षक कृष्णबहादुर वि.क. सम्मानित हुनुभएको हो। उहाँको मेहनत, लगनशीलता र निरन्तर प्रयासले विद्यालयको शैक्षिक प्रतिष्ठासमेत बढाएको विद्यालय परिवारले जनाएको छ।



विद्यार्थीको उत्कृष्ट शैक्षिक उपलब्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो। शिक्षक वि.क.ले मेहनत, इमानदारिता, निरन्तरता र शिक्षणप्रतिको समर्पणका साथ काम गर्दै आउनुभएको विद्यालयले जनाएको छ।
विद्यालय परिवारले शिक्षक वि.क.को यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना दिएको छ। उहाँको उपलब्धिले विद्यालयको शैक्षिक प्रतिष्ठा र गौरवसमेत बढाएको विद्यालय परिवारको भनाइ छ।
मेहनत र निरन्तर प्रयासले सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा उहाँको उपलब्धिलाई लिइएको छ। विद्यालय परिवारले आगामी दिनमा पनि उहाँबाट विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको प्रगतिमा थप योगदान हुने विश्वास व्यक्त गरेको छ।
विद्यालयले शिक्षक वि.क.को आगामी शैक्षिक यात्राको सफलताको कामना गर्दै निरन्तर उत्कृष्ट कार्यका लागि शुभकामना व्यक्त गरेको छ।
