Harvest तथा Grace फाउण्डेसनद्वारा राहत वितरण





प्रकाशबहादुर बोहरा
अत्तरिया, २७ साउन- कृष्णपुर नगरपालिका वडा नं.८ राजघाटमा विपन्न तथा गरिब दलित वर्गका करिब ३० घरपरिवारलाई राहत वितरण गरिएको छ । कोभिड-१९ का कारण जनजिवन प्रभावित हुँदै गएकोले उक्त गरिब दलित बस्तीमा मानविय सेवा गर्ने हेतुले राहत वितरण गरिएको हो ।


राहत वितरण गर्दा प्रति घर परिवार १ कट्टा चामल, २ केजी दाल, १ पोका नुन, १ लिटर तेल, खुर्सानी, हल्दी तथा मसलाका साथै सरसफाइका लागि सावुन वितरण गरिएको थियो ।



उक्त फाउण्डेसनले विभिन्न संस्थाहरु संगको साझेदारीमा नेपाल, भारत, भुटान जस्ता देशहरुमा राहत वितरण गर्दै आइरहेको छ । Harvest फाउण्डेसन मोहन देओलद्वारा संचालित एक अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । यसको प्रधान कार्यालय विहारको बेगुसराय जिल्लामा रहेको छ ।
यस संस्थाले स्वच्छ खानेपानी, अनाथ बालबालीकाहरुलाई शिक्षा दिलाउने, विपन्न पिछडिएका दलित बर्गहरुलाई राहत वितरण गर्ने गरेको यस संस्थाका कर्मचारी रबिकान्तले बताए ।
यस राहत वितरण कार्यक्रमका प्रमुख अतिथी नेपाल ग्रामिण विकास संघका अध्यक्ष भरत नेपाली रहनु भएको थियो भने कार्यक्रम संचालन संस्थाका संयोजक राजेन्द्र नेपालीले गरेका थिए ।



