सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी भवनको उद्घाटन नगर प्रमुख चन्दद्वारा

कञ्चनपुर, २७ साउन- सुदुरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो भवनको समुद्घाटन गरेको छ। सस्थाले एक बर्ष नपुग्दै आफ्नै भवनको निर्माण गरेको हो । सहकारीले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
बुधबार बदेकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बेदकोट नगरपालिका वडा नं. ४ बैतडास्थीत नवनिर्मित सहकारीको भवनको उद्घाटन गरेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

सहकारीका अध्यक्ष नरेन्द्र बहादुर चन्दको सभापतित्व एवं नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन समारोह कार्यक्रममा सहकारीका शेयर सदस्य, पदाधीकारी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Navadurga sun
Godawari sandesh

बेदकोट नगरपालिकाका मेयर चन्दले सहरकारी संस्थालाई उन्नती र प्रगतिको बाटोमा लागिरहोस भन्दै शुभकामना व्यक्त समेत गरेका थिए ।

Couple
Loading...