भन्सार छलिका सामान सहित एक जना पक्राउ

धनगढी- कैलालीको टीकापुर नगरपालिकाबाट भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका–७ बाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ७२ हजार मूल्यको अवैध पटाका सहित टीकापुर नगरपालिका–९ बस्ने २८ वर्षीय दिपक धामी सोमवार पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार धामीले प्रयोग गरेको से ३ प ४३६९ नम्वरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

Navadurga sun

यसैगरी सोमवार कैलालीको बिभिन्न स्थान धनगढी–३ ट्राफिक चौहारा, धनगढी–९ भैंसीघाट, गोदावरी–४ हनुमान मन्दिर नजिक र टीकापुर–५ संकरपुर पेट्रोल पम्प नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १९ हजार ७१० मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उक्त स्थानबाट चिनी, मिठाई, सट, साडी, सुटपिस, लेहेङ्गा, ग्याँस, प्रेसर कुकर, प्लाष्टिक झिल्ली, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...