एनएमबि बैंक फूलवारी शाखाद्वारा पाँच विद्यालयलाई सहयोग हस्तान्तरण

धनगढी- एनएमबि बैंक लिमिटेड फूलवारी शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री वितरण गरेको छ । धनगढी उपमहानगरपालिका- १८ फूलवारीमा रहेको शाखाले पाँच विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

जस अन्तरगत धनगढी-१४ फूलवारी स्थित सिद्धार्थ आधारभूत विद्यालय, पन्चोदय माद्यामिक विद्यालय , सर्वोदय माद्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यस्तै धनगढी १८ का ईन्द्रोदय आधारभूत विद्यालय र खप्तडी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको एनएमबि बैंक फूलवारी शाखाका प्रमुख करण धामीले जानकारी दिएका छन् । शैशिक सामाग्री वितरण गरिएका पाँचै विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले दुईलाख पचास हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको शाखा प्रमुख धामीले जानकारी दिएका छन् ।

विद्यालयमै पुगेर शाखा प्रमुख धामी र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारीले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए ।

सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष बैंकले समुदाय स्तरमा सहयोग गर्दै आएको प्रदेश प्रमुख अधिकारीले बताए । विगत लामो समय देखि एनएमबि बैंकले धनगढीको ग्रमिणबस्तीमा रहेर सेवा प्रदान गर्दै आएको छ ।

Loading...