चणिकलाललाई बागमती प्रदेशले डेढ लाखसहित सम्मान गर्ने

Dadeldhura hospital

काठमाडौं। ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए । तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यवाद दिएको पनि मुख्यमन्त्री लामाले बताए ।

 

Godawari sandesh
Navadurga sun
Loading...