गोदावरीबाट ५ लाख बढीको अवैध सामान सहित एक जना पक्राउ

अत्तरिया- कैलाली गोदावरीबाट पाँच लाख बढी मूल्यको अवैध सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–६ का २८ वर्षीय देवराज भण्डारी रहेका छन् । 

udhok dadeldhura

भण्डारी गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अन्दाजी ५ लाख ३ हजार २३० मूल्य बराबरको अवैध सामानसहित पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

भन्सार छलीका स्टेशनरीका सामान र लेडिज कपडा सहित उनलाई भन्सार कार्यालय त्रिनगर पठाईएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...